नियम १३८
समितिको व्यवस्था
: (१) नियम १३४ र १३५ बमोजिमको अवस्था परी कुनै प्रहरी कर्मचारी अशक्त भएमा वा निजको मृत्यु भएमा त्यस्तो प्रहरी कर्मचारीको नजिकको परिवार वा सन्ततिले पाउने वृत्ति वा उपदानको सम्बन्धमा सिफारिस गर्न देहाय बमोजिमको समिति रहनेछ ः–
(क) मन्त्रालयको प्रतिनिधि
(ख) अर्थ मन्त्रालयको प्रतिनिधि
(ग) नेपाल प्रहरी अस्पतालको सम्बन्धित विषयको चिकित्सक प्रतिनिधि
(घ) प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुख
स्पष्टीकरण : यस नियमको प्रयोजनका लागि अशक्तताको प्रतिशत निर्धारणको आधार देहाय बमोजिम हुनेछ :–
(क) “असी देखि सतप्रतिशत अशक्तता” भन्नाले दुवै आखा नभएको वा दुवै खुट्टा नभएको वा दुवै हात नभएको वा एक खुट्टा, एक हात नभएको वा सम्पूर्ण शरीर नचल्ने,
(ख) “साठी देखि उनासी प्रतिशत अशक्तता” भन्नाले काम गर्न नसक्ने गरी आंशिक शरीर नचल्ने वा एक आखा नभएको वा एक हात नभएको वा एक खुट्टा नभएको,
(ग) “चालीस देखि उनान्साठी प्रतिशत अशक्तता” भन्नाले असामान्य रुपमा बोली प्रष्ट नभएको वा शरीरको सम्पूर्ण हिस्सा तन्दुरुस्त देखिए तापनि लर्खराउने, धङधङाई हिड्ने वा प्रहरी कर्मचारी सेवामा रहि काम गर्न शारीरिक, बोली, हिँडाई, चलाईले असोभनिय देखिने,
(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित वर्गीकरण बाहेक अन्य अशक्तताको प्रतिशत निर्धारण गर्ने अधिकार नेपाल सरकारद्वारा गठित मेडिकल वोर्डमा रहनेछ ।
(२) प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुखले उपनियम (१) बमोजिमको समितिको सदस्य सचिव समेतको कार्य गर्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिमा सम्बन्धित विषयको विज्ञ चिकित्सकलाई आमन्त्रण गर्न सकिनेछ।